०८ असार २०८३, सोमबार

सगरमाथाको उचाइ नाप्ने तयारी, चीन अमेरिका र भारतले नाप्दा फरक फरक उचाई

मंसिर २९, २०७५
सगरमाथाको उचाइ नाप्ने तयारी, चीन अमेरिका र भारतले नाप्दा फरक फरक उचाई

काठमाडौंँ–सर्वोच्च शिखर सगरमाथा आफ्नै शीरमा भए पनि नेपाल आफैले भने अहिलेसम्म यसको उचाइ मापन गरेको थिएन । अरूले मापन गरेकै उचाइँलाई आधार मानेको थियो । 

अब भने नेपाल आफैले सगरमाथाको उचाइ नाप्ने भएको छ । नेपालले मान्ने गरेको सगरमाथाको उचाइ सन् १९५४ मा भारतले गरेको मापन हो । नेपालले अहिलेसम्म यसलाई आधिकारिक रूपमा मान्यता दिएको छ । त्यसैगरी सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेको थियो । सबैको मापन फरक फरक निस्किएको थियो । 

नेपालले आधिकारिक रुपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले मापन गरेको हो । यसैगरी अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो । चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टानको भागको मात्र उचाई लिइएको थियो । गोरखापत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्