२७ जेठ २०८३, बुधबार

प्रियंका चोपडाको विवाहमा कति भयो खर्च ?

मंसिर २९, २०७५
प्रियंका चोपडाको विवाहमा कति भयो खर्च ?

बलिउडकी प्रियंका चोपडा र हलिउडका निक विवाह बन्धनमा बाँधिएका छन् ।

प्रियंकाले आफूभन्दा १० वर्ष कान्छा प्रेमीसँग  क्रिस्चियन तथा हिन्दू विधिअनुसार विवाह गरेकी हुन् । 

प्रियंका र निकको विवाह जोधपुरस्थित उमेद भवन प्यालेसमा भएको थियो जसका लागि होटल र आसपासका क्षेत्र थ्रिडी बत्तीले चिरिच्याँट्ट पारिएको थियो भने ६४ वटा आलिसान कोठा एक रातको प्रतिकोठा ८० हजारमा बुक गरिएको थियो । प्रिंयका र निकको विवाहको एक दिनको होटल खर्च करिब १ करोड भएको बताइएको छ । प्रियंका र निकले होटलका लागि मात्र तीन करोडभन्दा बढी भाडा बुझाएका छन् ।


विवाहका लागि १५ ट्रक सजावटका सामग्री पुणेबाट ल्याइएको थियो, जसमा तीनवटा ट्रक त आतिसबाजीका सामानले भरिएको बताइन्छ । प्रियंका र निकको विवाह निकै खर्चिलो र भव्य भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्