२० असार २०८३, शनिबार

हामीलाई सत्ता र पद चाहिएको होला तर कार्यकर्तालाई कांग्रेस भए पुग्छ - महत

मंसिर २९, २०७५
हामीलाई सत्ता र पद चाहिएको होला तर कार्यकर्तालाई कांग्रेस भए पुग्छ - महत

काठमाडौंं-  नेपाली कांग्रेका नेता रामशरण महतले कांग्रेस नेतामुखी र गुटमुखी अवस्थाबाट बाहिर आउनु पर्ने बताएका छन् । 

शनिवारबाट राजधानीमा शुरु भएको महासमिति बैठकको उद्घाटन सत्रमा आफ्नो धारणा राख्दै नेता महतले आपसी मतभेदहरु त्याग्दै कांग्रेस नेतृत्व एक भएर अघि बढ्नु पर्ने बताएका हुन् । 

उनले बीपी, गणेशमान, सुवर्णशमसेर लगायतले पदलाई त्याग गर्दै पार्टी र जनताको हीतमा लागेको स्मरण गर्दै भने,‘पार्टी सभापतिको पद बेलाबेलामा त्याग भएका छन् । छन् त्यो स्पिरिट आउन जरुरी छ ।’ 

उनले कम्युनिष्ट पार्टीले देश सही रुपमा सञ्चालन गर्न नसकेको भन्दै  पार्टीलाई पुन सत्तामा ल्याउन जरुरी रहेको बताए । त्यसका लागि नेपाली कांग्रेसलाई पुनर्जागरण गराउन कांगेस एक भएर जानुको विकल्प नभएको बताए । उनले आपसी मतभेदहरुलाई त्याग्दै अघि बढ्नुपर्ने बताए । 

व्यक्तिवादी र पदमुखी बिचारबाट कांग्रेस उन्मुक्त हुनुपर्ने उनको भनाइ छ । पार्टी नेतृत्वले एकताको र शक्तिको सन्देश दिएर कार्यकर्तालाई उत्साही बनाउन आवशयक रहेको उनको भनाइ छ ।
उनले कांग्रेसलाई नेताले नभइ कार्यकर्ताले जोगाएका बताए । 

‘हामीलाई सत्ता र पद चाहिएको होला तर कार्यकर्तालाई कांग्रेस भनेर छाति फुलाएर शिर ठाडो पार्न पाए पुग्छ’ नेता महतले भने,‘त्यसैले उनीहरुको आत्मबल माथि उठाउन आफ्ना निहीत स्वार्थभन्दा माथी राखेर पार्टीलाई माथि उठाउन आवश्यक छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्