
काठमाडौं- कांग्रेस उपसभापति विजयकुमार गच्छदारले नेकपाका अध्यक्ष केपी ओलीले कांग्रेसलाई भित्तामा पुर्याईदिन्छु भनेको स्मरण गरेका छन् ।
राजधानीमा आजबाट शुरु भएको महासमिति बैठकको उद्घाटन कार्यक्रममा नेता गच्छदारले कांग्रेससँगको पार्टी एकीकरण पूर्व आफूलाई ओली आफूसँग मिल्न आग्रह गरेको र नमानेपछि कांग्रेसलाई भित्तामा पु¥याइदिने चेतावनी दिएको बताएका हुन् ।
‘म फोरम लोकतान्त्रिक पार्टीलाई कांग्रेससँग एकीकरण गराउने प्रयासमा थिएँ, त्यतिबेला प्रचण्ड र ओलीले मलाई बोलाएर भन्नु भो, ऊ त्यो भित्ता देख्नुभएको छ ? हामीले कांग्रेसलाई त्यहीं पुर्याउने हो ।’
कम्युनिस्ट सरकारले संसदलाई पंगु बनाउने प्रयास गर्छ भन्ने आफूलाई थाहा भएको बताउँदै गच्छदारले भने, ‘ प्रजातन्त्र बचाउनको लागि म कांग्रेस बन्नै पर्छ भन्ने लागेर कांग्रेसमा आएको हुँ । कम्युनिस्ट सरकार बनेपछि मिडियाको अधिकार खोसिन्छ, संसदलाई कमजोर बनाउने प्रयास हुन्छ भन्ने थाहा पाएर नै म काँग्रेस बनेको हुँ ।’