१८ असार २०८३, बिहीबार

वैशाखदेखि सबै बसहरू यातायात प्राधिकरण मातहात : मन्त्री महासेठ

मंसिर २९, २०७५
वैशाखदेखि सबै बसहरू यातायात प्राधिकरण मातहात : मन्त्री महासेठ

काठमाडौँ-  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी वैशाख १ गतेदेखि प्राधिकरणकै मातहातमा बसहरू सञ्चालन हुने बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले आफूहरूले बढीभन्दा बढी विद्युतीय बसहरू सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसका लागि हामीले प्रक्रिया अघि बढाइसकेका छौँ । प्राधिकरण गठनसँगै हामीले ठूलो फड्को मार्छौं ।” उहाँले नयाँनयाँ राजमार्ग निर्माणको कामको पनि थालनी गरिएको बताउँदै भूकम्पपछि बन्द भएको अरनिको राजमार्ग आगामी जेठ÷असार महिनाभित्रै पुनः सञ्चालनमा ल्याइने बताउनुभयो । 

सरकार आँफै किनेर रेल सञ्चालन गर्नेगरी दुईवटा रेल आँफै किन्न लागेको बताउँदै उहाँले यसको लागि सरकारले पनि स्विकृति दिइसकेको उल्लेख गर्नुभयो । मन्त्री महासेठले पानीजहाज चलाउने भन्दा प्रधानमन्त्री ओलीको खिल्ली उडाउने काम भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कागजको पानीजहाज बनाएर पानीमा हालेर यही हो केपी ओलीको जहाज भनेर प्रतिपक्षका साथीहरूबाट सामाजिक सञ्जालमार्फत व्यापक प्रचारप्रचार गरियो । तर, ढुक्क हुनुहोस् हामी आफ्नै पानीजहाज चलाउने अन्तिम अन्तिम चरणमा पुगिसकेका छौँ ।” 

आफूहरूले सिण्डिकेट तोडेको सुनाउँदै अझैपनि पुरानो कानुनका कारण बसहरू कम्पनीमा आउन नसकेको गुनासो गर्नुभयो । 

salt training

कमेन्ट गर्नुहोस्