
पर्सा–वीरगञ्ज महानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट भारत बिहार सितामडी जमुवा बस्ने ४० वर्षिय ओमप्रकाश साहलाई प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरका नोट १ हजार १ सय २४ थान र २ सय दरका नोट ७ थान सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले गेटमा जाँच गर्ने क्रममा कम्मरमा लुकाईछिपाई लैजान लागेको अवस्थामा उनलाई उक्त प्रतिबन्धित रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।