०८ असार २०८३, सोमबार

आफ्नै नातिको आक्रमणबाट बाजे र बज्यैको मृत्यु

मंसिर २९, २०७५
आफ्नै नातिको आक्रमणबाट बाजे र बज्यैको मृत्यु

बैतडी– बैतडीमा आज नातीले आफ्नै बाजे र बज्यैको हत्या गरेका छन् । 

सुर्नया गाउँपालिका–७ पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका बाजे गगन कुँवर र ७६ वर्षकी बज्यै नारु कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए । 

लोकेन्द्र आज बिहान ११ बजेर २० मिनेटको समयमा घरमै दाउराको चिरपटले हानेर बाजे र बज्यैको हत्या गरेको हो । लोकेन्द्रको मानसिक सन्तुलन ठीक नभएको भन्ने बुझिएको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्