१२ असार २०८३, शुक्रबार

पुस आयो, तर आएन ओली सरकारको पानीजहाज

पुस १, २०७५
पुस आयो, तर आएन ओली सरकारको पानीजहाज

काठमाडौं– चालू आर्थिक वर्षको बजेटमा कर्णाली, गण्डकी र कोसीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीले त संसदमा बोल्दै पुससम्म स्टिमर चल्ने घोषणा गर्दै सांसदहरुलाई निम्तासमेत दिएका थिए । 
तर बिडम्बना हालसम्म नेपालले जलमार्ग सञ्चालन गरिने भनिएका नदीको स्थलगत अध्ययन समेत गरेको छैन ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ–नेपालमा पानीजहाज सञ्चालनको अध्ययन गर्न बनेको ‘इनल्याण्ड वाटर वेज’ अध्ययन समितिका प्रतिनिध हालसम्म पनि नदीको भ्रमणमा गएका छैनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्