२४ जेठ २०८३, आइतबार

खरिदारदेखि उपसचिवसम्म : लोकसेवाले खुलाउँदैछ १४ हजार पदमा भर्ना

पुस १, २०७५
खरिदारदेखि उपसचिवसम्म : लोकसेवाले खुलाउँदैछ १४ हजार पदमा भर्ना

काठमाडौं – सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ ।

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्र्याकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन गर्ने गृहकार्य अघि बढाएको हो ।

सो विशेष कार्ययोजनाअन्तर्गत सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनलगत्तै तिनै तहमा पदअनुसार रिक्त दरबन्दीको प्रक्षेपण गर्नेछ ।

माघको दोस्रो सातासम्म समायोजनको सबै प्रक्रिया सक्ने तयारी गरेको सरकारले माघको अन्तिम सातासम्म ठूलो संख्यामा लोकसेवा खुलाउने गरी कार्ययोजना अन्तिम चरणमा पु-याएको हो ।

सो कार्ययोजनाअनुसार प्रशासन, स्वास्थ्य, इन्जिनियरिङ, कृषि तथा वन, लेखापरीक्षणलगायत सबै सेवा समूहमा खरिदारदेखि सहसचिव स्तरसम्ममा नै लोकसेवा खुल्ने निश्चित भएको हो ।

आजको राजधानी दैनिकमा विस्तेतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्