०५ साउन २०८३, मंगलबार

संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै, प्रधानन्यायाधीशमा सिफारिस जबराको सुनुवाइ प्रक्रिया शुरु हुने

संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै, प्रधानन्यायाधीशमा सिफारिस जबराको सुनुवाइ प्रक्रिया शुरु हुने
फाइल तस्वीर

काठमाडौं–संसदीय सुनुवाइ समितिको बैठक आइतबार बस्दैछ । बैठकले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशम्शेर जबराको सुनुवाइ प्रक्रिया सुरु गर्नेछ ।

संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीका लागि उनको नाम सिफारिस गरेको थियो । समितिमा जबराको नाम आएको र सोही अनुसार सुनुवाइ प्रक्रिया थालिने समितिले जनाएको छ । सुनुवाइ प्रक्रियाका लागि समितिको बैठक बिहान ११ बजे बोलाइएको छ । 

संवैधानिक परिषदको बैठकले मंसिर २७ गते बिहीबार सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । सुनुवाइ समितिले जबराविरुद्ध सार्वजनिक उजुरी आह्वान गर्नेछ, त्यसपछि सुनुवाइ हुनेछ । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्र पुस १७ गते उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्