३१ जेठ २०८३, आइतबार

चीनको कोइलाखानीमा दुर्घटना हुँदा सातजनाको मृत्यु

चीनको कोइलाखानीमा दुर्घटना हुँदा सातजनाको मृत्यु

काठमाडौं — चीनको दक्षिणपश्चिमी भागमा रहेको एक कोइलाखानीमा शनिवार भएको दुर्घटनामा सातजनाको मृत्यु भएको छ भने तीन अन्य घाइते भएका छन् । 

दुर्घटना शनिवार साँझ ६ बजे भएको हो । कोइला राख्ने भाँडोलाई जोड्ने सिक्री भाँचिएर तल चिप्लिएपछि दुर्घटना भएको सिन्ह्वा समाचार संस्थाले जनायो । 

दुर्घटनामा घाइते भएकाहरू तीन खानी मजदूरलाई तत्कालै अस्पताल लगिएको थियो । घटना चोनछिङ नगरपालिकामा भएको हो । 

दुर्घटनाको वास्तविक कारणको अझै अनुसन्धान भइरहेको छ । 

चीनमा कोइलाखानीमा हुने दुर्घटना सामान्य हुन् । त्यहाँ कोइलाखानीको सुरक्षा व्यवस्था कमजोर छ । कोइला उत्पादन परिस्थितिमा सुधार तथा अवैध कोइलाखानीमाथिको रोकका बावजूद दुर्घटना हुने गरेका छन् । 

चीन संसारकै सबभन्दा ठूलो कोइला उत्पादक हो । 

देशको राष्ट्रिय कोइलाखानी सुरक्षा प्रशासनको तथ्यांकअनुसार, सन् २०१७ मा ३७५ वटा कोइलाखानी दुर्घटना भएका थिए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्