
काठमाडौं –अर्थ मन्त्रालयमा राजस्व सचिव फेरिएका छन् ।
सरकारले लालशंकर घिमिरेलाई राजस्व सचिवको जिम्मेवारी दिएको हो । सचिव घिमिरे यसअघि प्रधानमन्त्री कार्यालयमा थिए ।
घिमिरेलाई अर्थ मन्त्रालयमा पठाउने क्रममा यसअघिका राजस्व सचिव शिशिर ढुंगानालाई भने प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयमा तानिएको छ ।
ढुंगानाले करीब डेढ वर्षदेखि राजस्व सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।