२३ असार २०८३, मंगलबार

एक भोटले हारेकी बालिकालाई हिलारी क्लिन्टनले पठाइन् पत्र

एक भोटले हारेकी बालिकालाई हिलारी क्लिन्टनले पठाइन् पत्र

काठमाडौं — अमेरिकामा राष्ट्रपति चुनाव हारेकी हिलारी क्लिन्टन अहिले राजनीतिक तथा सामाजिक जीवनमा व्यस्त छिन् । 

द वाशिङटन पोस्टमा छापिएको एक खबरअनुसार, हालै हिलारीले आठ वर्षीया एक बालिका विद्यालयको चुनावमा एक भोटले हारेपछि पत्र पठाएर हौसला बढाएकी छन् । 

मार्था केनेडी मोराल्सले आफ्नो विद्यालयमा भएको चुनावमा मज्जाले प्रचार गरेकी थिइन् । उनले पोस्टर टाँसेर भोट मागेकी थिइन् । 

तर मार्था जम्मा एक भोटले हारिन् । उनको पक्षमा परेका ६ भोट रद्द भएपछि उनी हार्नुपरेको हो । 

मार्था यो हारका कारण निकै दुःखी भइन् । मार्थाको परिवार डेमोक्रेट पार्टी समर्थक हो । हारपछि मार्थाको बारेमा कथा लेखेर एक व्यक्तिले हिलारीसँग शेयर गरे । 

हिलारीले त्यसपछि मार्थालाई हातैले पत्र लेखिन् । पत्रमा उनले लेखिन्, ‘सामान्यतया पुरुषहरूका लागि निश्चित गरिएको भूमिकामा एक महिलालाई कठोर मेहनतपछि पनि हार प्राप्त भएमा निकै चित्त दुख्छ ।’ 

मार्थाका पिता अल्बर्ट मोराल्सले छोरी एक भोटले हारेपछि निकै दुःखी भएको र साथीहरू पनि दुःखी भएको बताए । त्यसपछि एक राजनीतिक कार्यकर्ताले मार्थाको हारका बारेमा फेसबूकमा शेयर गरे र हिलारी क्लिन्टनलाई यसको
बारेमा थाहा भयो । अनि उनले पत्र लेखेर मार्थाको हौसला बढाइन् । 

यसै हप्ता मार्थाको नवौं जन्मदिन पर्छ । जन्मदिन मनाउँदै गर्दा मार्थाले हिलारीलाई एक धन्यवाद नोट लेख्ने तयारी गरेकी छन् । 

हिलारीका प्रवक्ताले मार्थालाई चिट्ठी पठाइएको कुराको पुष्टि गरे । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्