३१ जेठ २०८३, आइतबार

वैज्ञानिकहरूले बनाए गोजीमै मोबाइल चार्ज गर्ने प्रविधि

वैज्ञानिकहरूले बनाए गोजीमै मोबाइल चार्ज गर्ने प्रविधि

काठमाडौं — कपडाबाट मोबाइल फोन र ट्याब्लेट चार्ज गर्न मिल्ने प्रविधि वैज्ञानिकहरूले विकसित गरेका छन् । 

नटिंघम ट्रसेन्ट विश्वविद्यालयका वैज्ञानिकहरूले सानो सोलार प्यानल बनाएका छन् जसलाई लुगाको खल्तीमा हाल्न सकिन्छ । मोबाइलको ब्याट्री सकिएपछि डिभाइसलाई खल्तीमा हाल्नेबित्तिकै चार्ज भइहाल्छ । 

यसको नाम चार्जिङ डक राखिएको छ । 

अनुसन्धानकर्ताहरूका अनुसार, एउटा फोन चार्ज गर्न दुई हजार प्यानल आवश्यक हुन्छन् । पूरै प्यानलको आकार तीन मिलिमिटर लामो र डेढ मिलिमिटर चौडा छ । 

सोलार प्यानलको यो प्रविधिबाट कार्बन उत्सर्जनलाई कम गर्न सकिने र खल्तीले पावर बैंकको काम गर्ने बताए । यसमा कुनै सकेट आवश्यक हुँदैन । सोलार प्यानलले चार्ज गर्दा मानिसलाई त्यसको केही अनुभव नै हुँदैन । 

खल्तीको चिपलाई रेजिनले छोपिएको छ । कपडा धुँदा पनि पानीले त्यसमा कुनै असर पार्दैन । 

लुगाले सामान्य कपडाको जस्तै अनुभव दिन्छ । खल्तीमा भएका कुल दुई हजार सोलर सेलहरूले स्मार्ट फोनलाई सजिलै चार्ज गरिदिन्छन् । 

अनुसन्धानकर्ता टोलीका प्रमुख तिलक डियासका अनुसार, विद्युतीय पावरका लागि ईटेक्सटाइल एक आवश्यकताको कुरा हो । यसमा यसअघि कहिल्यै काम भएको थिएन । 

यो प्रविधिले स्मार्ट टेक्सटाइल अर्थात् हाईटेक कपडा लगाउनका लागि मानिसलाई प्रेरणा दिनेछ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्