२३ असार २०८३, मंगलबार

ट्रम्पको राजनीतिक र व्यक्तिगत जीवनको हरेक पक्ष अनुसन्धानको घेरामा

ट्रम्पको राजनीतिक र व्यक्तिगत जीवनको हरेक पक्ष अनुसन्धानको घेरामा

काठमाडौं — अमेरिकाको राष्ट्रपति बनेदेखि नै विवादमा रहेका डोनल्ड ट्रम्पको राजनीतिक र निजी जीवनको हरेक पक्ष अनुसन्धानको घेरामा छ । 

ह्वाइट हाउस, चुनाव प्रचार अभियान, च्यारिटी र कारोबार सबै पक्षमा ट्रम्पमाथि अनेकौं अनुसन्धान चलिरहेका छन् । 

ट्रम्पको कार्यकालको दुई वर्ष पनि नबित्दै उनका व्यापारिक सहयोगी, राजनीतिक सल्लाहकार र परिवारका सदस्यहरूमाथिको अनुसन्धान भइरहेको हो । 

उनका दिवंगत पिताको व्यवसायका बारेमा पनि अनुसन्धान भइरहेको छ । 

ट्रम्पविरुद्ध सन् २०१९ मा झनै धेरै अनुसन्धान हुने सम्भावना छ किनकि त्यतिखेर विपक्षी डेमोक्रेट दलको नियन्त्रण सदनमा बढ्नेछ । 

ट्रम्पले भने यी सबै अनुसन्धान राजनीतिबाट प्रेरित भएको बताउँदा ट्विटर अकाउन्टमा लगातार क्रोध व्यक्त गरिरहेका छन् । 

आफ्नो कार्यकाल आधा समय बितिसक्दा ट्रम्पले महत्त्वपूर्ण चुनावी वाचा पूरा गर्न पनि संघर्ष गरिरहनुपरेको छ । 

मेक्सिको सीमामा पर्खाल लगाउनका लागि उनी पाँच अर्ब डलर चाहन्छन् तर कंग्रेसले उनलाई यो रकम दिनुअघि नै सन् २०१८ सकिने भएको छ । 

रोबर्ट मुलरको अनुसन्धान, अमेरिकी चुनावमा रुसी हस्तक्षेप, ट्रम्पका कथित प्रेमिकाहलाई पैसा दिएर चुप लगाएको घटना तथा अन्य आर्थिक विषयमा अनुसन्धानबाट ट्रम्प घेरिएका छन् । 

यी अनुसन्धानहरू राष्ट्रपति, उनको परिवार र उनको व्यापारिक हितका लागि खतराका रूपमा रहेका छन् । 

डेमोक्रेटहरूले उनीमाथि अनुसन्धान बढाउने र उनीविरुद्ध महाअभियोग ल्याउने सम्भावना समेत छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्