
काठमाडौं –गणेशराज पोखरेल सिटिजन्स बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (एक्टिङ सीईओ) नियुक्त भएका छन् ।
यही पुस १६ गतेबाट कार्यकाल सकिन लागेका सीईओ राजनसिंह भण्डारी बिदामा बसेपछि पुस १ गते (आज)बाटै लागू हुनेगरी पोखरेललाई एक्टिङ सीईओको जिम्मेवारी दिइएको बैंकले विज्ञप्तिमार्फत् जनाएको छ ।
‘यस बैंकको मिति २०७५ मंसिर २८ गते बसेको सञ्चालक समिति बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत श्री राजनसिंह भण्डारीको कार्यकाल २०७५ पौष १६ गते समाप्त हुने भएको र वहाँ मिति २०७५ पौष १ गतेबाट बिदामा बस्नुहुने हुँदा अर्को व्यवस्था नभएसम्मका लागि बैंकमा कार्यरत नायव प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेललाई मिति २०७५ पौष १ गतेबाट लागू हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा मुकरर गरिएको व्योहोरा जानकारी गराइन्छ,’ बैंकका प्रमुख प्रशासकीय अधिकृत उमङ्ग शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
साथै सेवा निवृत्त भएपश्चात पुस १७ गतेबाट लागू हुने गरी भण्डारीलाई सञ्चालक समितिको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।
हेर्नुहोस्, विज्ञप्ति :
