२२ जेठ २०८३, शुक्रबार

खुल्न थाल्यो पहिरोले थुनिएको दरम खोला, मध्यपहाडी लोकमार्गमा ठूलो क्षति

कात्तिक २०, २०७४
 खुल्न थाल्यो पहिरोले थुनिएको दरम खोला, मध्यपहाडी लोकमार्गमा ठूलो क्षति
गुल्मी (वामीटक्सार), २२ फागुन — बाग्लुङको रिघा ७ को मनेवापाटामा एक्कासि गएको भीषण सुख्खा पहिरो गएको छ । पहिरो गएसँगै जनजीवन त्रसित भएको हो ।
पहिरोले मध्यपहाडी लोकमार्ग खण्ड पूरै अवरुद्ध बनाउनुको साथै दरम खोलालाई थुनेको छ । माथिबाट करीब २०० मिटर लम्बाइ र १५० मिटर चौडाइ भएको सुख्खा पहिरोले दरमखोला थुनेको छ । करीब दुई घण्टाभन्दा बढी थुनिएको दरम अहिले भने ओभरफ्लो भएर बग्न शुरु गरेको छ ।
पानी बग्न शुरु गरेपछि भने स्थानीयहरूले केही मात्रामा भएपनि राहत महसूस गरेका छन् । खोलाको किनारमा बस्ती भएका तथा खोलाको छेउछाउमा काम गरिरहेका स्थानीयहरूलाई त्यहाँबाट अन्यत्र जान प्रहरी चौकी खर्बाङले आह्वान गरेको छ ।

प्रहरीचौकी खर्बाङका प्रमुख प्रहरी नायब निरीक्षक भोजराज बानियाँका अनुसार हिजोबाट नै माटो खस्न शुरु गरेको थियो भने बिहान ५ बजेको समयमा उक्त भीषण पहिरो गएको थियो ।
पहिरोले मनकुमारी शाहीको घर जोखिममा पारेको छ । उनलाई प्रहरी उद्धार गरी अन्यत्र सारेको छ । पहिरोको कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा ठप्प भएको छ ।


एक्कासि गएको पहिरोले सडक केही दिनसम्म सञ्चालनमा आउने सक्ने स्थिति नभएको बानियाँले बताए । उनका अनुसार सामान्य उपकरणले उक्त सडक खुलाउन नसकिने भएका कारण ठूला उपकरणहरू आवश्यक पर्ने र सडक खुल्न एक हप्ताजति लाग्न सक्नेछ ।
सडक अवरुद्ध हुँदा बुर्तिवाङ–काठमाडौंको यात्रा शुरु गरेका यात्रुहरू मर्कामा परेका छन् भने गाडीहरू खर्बाङमै रोकिएका छन् ।

यातायातको लागि वामीटक्सार–काँडेवास–हटिया सडक खण्डलाइ वैकल्पिक सडकको रूपमा प्रयोग गर्न सकिने प्रहरी प्रशासनले जनाएको छ । त्यस क्षेत्रमा केही दिनयता निरन्तर डोजर प्रयोग गरी सडक स्तरोन्नतिको काम चलिरहेको थियो ।
बाग्लुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेका अनुसार अहिले ओभरफ्लो हुन थालेसँगै जोखिम बढेको छ । माथिबाट पनि पहिरो झरिरहेको कारणले सेना प्रहरीले त्यहाँ काम गर्न सकिरहेका छैनन् ।

‘पहिरो रोकिएपछि चाहिँ डोजर लगाएर बाटो खोल्नुपर्छ,’ उनले भने, ‘बाटो त सखापै भएको छ ।’
अहिले बिस्तारै बाँध खुल्दै गएकोले अवस्था चिन्ताजनक नरहेको उनले बताए ।

पहिरोले बिद्युत सर्ट भइ करेन्ट लाग्दा रिघा मा एक महिलाको ज्यान गएको छ । रिघा ७ कल्छे निवासी मनकुमारी नेपालीको बिहान ५ बजे करेन्ट लागेर ज्यान गएको हो । प्रहरी चौकी खर्बाङ्गका प्रहरी नायब निरिक्षक भोजराज बानियाले दिएको जानकारी अनुसार ५६ बर्षीय नेपालीको लागि उपचारको क्रममा हटियामा ज्यान गएको हो ।

घटना भएलगत्तै उनलाइ उपचारको लागि हटिया लगिरएको थियो । पहिरो गइसकेपछि बिद्युत सर्ट भएको र बिद्युतको स्विच बाल्न खोज्दा उनलाइ करेन्ट लागेको बानियाको भनाइ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्