०८ असार २०८३, सोमबार

कांग्रेस महासमिति बैठक–भित्र बन्दसत्र, बाहिर हिन्दूराष्ट्रका लागि हस्ताक्षर संकलन

कांग्रेस महासमिति बैठक–भित्र बन्दसत्र, बाहिर हिन्दूराष्ट्रका लागि हस्ताक्षर संकलन

काठमाडौँ–नेपाली कांग्रेसको महासमिति बैठकको बन्द सत्र बिहानदेखि शुरु भएको छ । 

बन्द सत्रमा महामन्त्री डा शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको ‘आर्थिक प्रस्ताव’ पेश गर्नुभएको छ । तीन वटै प्रस्तावमाथि आज छलफल हुनेछ । 

प्रतिवेदनमा छलफलपछि महासमिति सदस्यले राखेका विचारका आधारमा संशोधनसहित पारित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई जानकारी दिनुभयो । विधान संशोधनको मस्यौदामा भने सहमति जुट्न बाँकी रहेको जनाइएको छ । सहमतिपछि केन्द्रीय समितिले पारित गरी बैठकमा विधान संशोधन प्रस्ताव पेश गरिने जनाइएको छ । 

भित्र वन्दसत्र बाहिर हस्ताक्षर संकलन 

भित्र बन्दसत्र चलिरहेपनि यगम्बर पार्टी प्यालेस परिसमा हिन्दूराष्ट्रको लागि भन्दै हस्ताक्षर संकलन शुरु गरिएको छ । 

कांग्रेसको विधान र संविधानमा नै सनातन हिन्दूराष्ट्र लेख्न दबाब दिन भन्दै हस्ताक्षर संकलन शुरु गरिएको हो । 

महाधिवेशन प्रतिनिधि प्रकाशमान सिंह नेतृत्वको एक समूहले हस्ताक्षर संकलन गरिरहेको र उक्त हस्ताक्षर सभापति शेरबहादुर देउवालाई आजै बुझाउने तयारी गरिएको छ । 

तीन सय भन्दा बढी महासमिति सदस्यहरुले उक्त अभियानमा हस्ताक्षर गरेका छन् । तर हिन्दूधर्म बारे जनमत संग्रह गर्नुपर्ने भन्दै पार्टीभित्र हिन्दूराष्ट्रको वहस चलाउने महामन्त्री शशांक कोइरालाले भने यो अभियानमा हस्ताक्षर गरेका छैनन् । 

पछिल्लो समय नेपाली कांग्रेसका कतिपय नेता र महाधिवेशन प्रतिनिधिले कांग्रेसले हिन्दूराष्ट्रको मुद्दालाई उठाउनुपर्ने बताउँदै आएका छन् । र, यस विषयमा महासमिति बैठकमा पनि कुरा उठ्ने अनुमान गरिएको छ । 
महासमिति  बैठकमा ७७ जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका गरी एक हजार ७०० भन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता छ । बैठक पुस ३ गते समापन हुने जनाइएको छ । मङ्सिर २९ गते बैठक शुरु भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्