२७ जेठ २०८३, बुधबार

अमेरिकाको निजी कम्पनीले पहिलोपटक अन्तरिक्षमा पठायो यान

अमेरिकाको निजी कम्पनीले पहिलोपटक अन्तरिक्षमा पठायो यान

काठमाडौं — अमेरिकाको एक कम्पनीले ऐतिहासिक उपलब्धि हासिल गर्दै भीएसएस युनिटी यानको सफल परीक्षण गरेको छ । 

रिचर्ड ब्रानसनको भर्जिन ग्यालेक्टिक कम्पनीले अन्तरिक्ष पर्यटनमा सफलता हासिल गर्दै बिहीवार पृथ्वीबाट अन्तरिक्षतर्फ यान पठाएको हो । यानमा दुई पाइलट छन् र यसलाई क्यालिफोर्नियाको मोजाभोबाट प्रक्षेपण गरिएको हो । 

भर्जिनको स्थापना सन् २००४ मा ब्रानसनले गरेका हुन् । सन् २०११ पछि पहिलोपटक अमेरिकाको भूमिबाट कुनै यान अन्तरिक्षयात्रीलाई लिएर उडेको हो । यसलाई अन्तरिक्ष पर्यटनमा ठूलो सफलताका रूपमा हेरिएको छ । 

यसअघि अमेरिकाले आफ्ना वैज्ञानिकहरूलाई रुसबाट अन्तरिक्षमा पठाउँथ्यो । 

ब्रानसनका अनुसार, अहिलेसम्म ७०० मानिसमध्ये सबैले टिकटका लागि तीन करोड रुपैयाँ दिइसकेका छन् । 

भर्जिन ग्यालेक्टिक यान आवाजभन्दा तीन गुणा बढी गतिका साथ अन्तरिक्षमा पुगेको हो । 

भर्जिन कुनै पनि व्यक्तिलाई अन्तरिक्ष पठाउने पहिलो निजी कम्पनी बनेको छ । भीएसएस पृथ्वीभन्दा ८३ किलोमिटर माथि पुगेको छ । अमेरिकी अन्तरिक्ष विभागका अनुसार, ८० किलोमिटरभन्दा माथिको उचाइलाई नै अन्तरिक्ष
मानिन्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्