२२ जेठ २०८३, शुक्रबार

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, ७ किलोमिटर माथिसम्म उड्यो खरानी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, ७ किलोमिटर माथिसम्म उड्यो खरानी

काठमाडौं — इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा आइतवार ज्वालामुखी विस्फोट हुँदा आकाशमा सात किलोमिटर माथि खरानी भरिएको बादल छाएको छ । 

विपत व्यवस्थापन विभागले सिन्ह्वालाई बताएअनुसार, माउन्ट सोपुतानमा बिहान साढे ७ बजे विस्फोट भयो र ९ बजे दोस्रो विस्फोट भयो । 

खरानी दक्षिण पश्चिम क्षेत्रभरि फैलियो र सानातिना झड्काहरूले उक्त क्षेत्र नै थर्कियो । 

ज्वालामुखीबाट लाभा र तातो खरानी निस्केकाले वरपरका क्षेत्रमा रहेका मानिसलाई ज्वालामुखीको चार किलोमिटर परै बस्न भनिएको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्