१४ असार २०८३, आइतबार

सुर्खेतमा बढ्यो सम्बन्ध विच्छेदको घटना, ४ महिनामा ५१ पुरुष पुगे अदालत

पुस १, २०७५
सुर्खेतमा बढ्यो सम्बन्ध विच्छेदको घटना, ४ महिनामा ५१ पुरुष पुगे अदालत

सुर्खेत–नयाँ मुलुकी संहिता लागू भएसँगै सुर्खेतमा सम्वन्ध विच्छेदका लागी अदालत पुग्ने पुरुषको संख्या बढेको छ ।   

सुर्खेतमा भदौ एक गतेदेखि मंसिर मसान्तसम्म ५१ जनाम पुरुषले सम्वन्ध विच्छेदका लागि अदालतमा मुद्दा दर्ता गरेका छन् ।  उनीहरुले श्रीमती सम्पर्कमा नआएको, विदेशबाट पठाएको पैसा नासमास गरेको, अर्कैसंग हिँडेको, अवैध सम्वन्ध राखेकोजस्ता आरोपहरु लगाएर मुद्दा दर्ता गर्ने गरेको अदालतका रजिष्ट्रार भुपाल भण्डारीले जानकारी दिए ।   

भण्डारीका अनुसार अदालतमा चालू आर्थिक वर्षको मंसिर मसान्तस १ सय ८१ ओटा सम्वन्ध विच्छेदका मुद्घा दर्ता भएका छन् । श्रावण देखि मंसिर मसान्तसम्म १३० महिला र ५१ पुरुषका सम्वन्ध विच्छेदका मुद्दा अदालत पुगेको छ । पुरानै संहिताका कारण श्रावण महिनामा महिलाहरुले मात्रै सम्वन्ध विच्छेदका लागि अदालतमा मुद्दा दिएका थिए । उनका अनुसार श्रावणमा महिलावाट ३४ ओटा सम्वन्ध विच्छेदका मुद्घा दर्ता भएका छन् ।

भदौमा २१ महिला र १० पुरुषका गरी ३१ सम्वन्ध विच्छेदका मुद्दा जिल्ला अदालत सुर्खेतमा आएका छन् । यसैगरी असोजमा २१ महिला र १० पुरुषले सम्वन्ध विच्छेदका लागी मुद्दा दर्ता गराएका हुन् । कार्तिकमा २८ महिलाले र ११ पुरुषले सम्वन्ध विच्छेदका लागी अदालत पुगेका छन् ।

मंसिरमा २६ महिला र १२ पुरुषले सम्वन्ध विच्छेदका लागी निवेदन दिएको रजिष्ट्रार भुपाल भण्डारीले जानकारी दिए । मुलुकी अपराध एवम् देवानी संहिता लागू भएपछि पुरुषले पनि सम्वन्ध विच्छेदका लागी मुद्घा दर्ता गर्ने गरको भण्डारीको भनाइ छ ।

नयाँ मुलुकी संहिता लागू भएपछिको तथ्याङ्कलाई हेर्दा ९६ महिला र ५१ पुरुषले सम्वन्ध विच्छेदका लागी मुद्दा दाएर गरेका छन् ।

‘अधिकांस मुद्दाहरुको टुंगो दुबै पक्षबीच आपसी समझदारीमा सम्वन्ध विच्छेद गर्ने गरी टुंगाइन्छ’ उनले भने, ‘तर दुईमध्ये कुनै एकले सम्वन्ध विच्छेद गर्न चाहेको छैन भनेर भनेको खण्डमा कम्तिमा एक वर्षसम्म मुद्दाको फैसला हुँदैन । चालु आर्थिक वर्षमा दर्ता भएका त्यस्ता मुद्दाको विवरण आगामी भदौ महिनामा मात्रै पाउन सकिन्छ ।’ 

उनले सम्वन्ध विच्छेदका कारण बालबालिका समस्यामा पर्ने गरेको बताए । ‘केही दिन अघि एक जोडीको सम्वन्ध विच्छेद भयो । उनीहरुको डेढ वर्षको छोरा थियो’ उनले भने, ‘सहमतिमै सम्वन्ध विच्छेद भएतापनि उनीहरु दुवैले छोरा लिन मानेनन् जसका कारण समस्या भएको भयो ।’
 

salt training

कमेन्ट गर्नुहोस्