१० असार २०८३, बुधबार

कर्मचारी समायोजन प्रक्रिया ऐन जारी गरेर मात्र गर्न माग

कर्मचारी समायोजन प्रक्रिया ऐन जारी गरेर मात्र गर्न माग

काठमाडौं – निजामती कर्मचारी समायोजन गर्दा पूर्वसंघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा ऐन जारी गरेर मात्र समायोजन प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरिएको छ । 

नेपाल निजामती कर्मचारी संगठनले आइतवार पत्रकार सम्मेलन गरी समायोजन गर्दा तीनै तहमा श्रेणीगत वा तहगत एउटै प्रणाली अवलम्वन गरिनुपर्ने र संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरिँदा एक तह बढुवाको सुनिश्चितता गर्नुपर्ने माग गरेको छ ।

संगठनले कार्यालय सहयोगीदेखि विशिष्ट श्रेष्णीसम्मका कर्मचारीको समायोजन एकै मापदण्डका साथ सम्पन्न गनुपर्ने र समायोजन अध्यादेशमा राजपत्रांकीत अनंकीत प्रथम श्रेणी (प्रशासन/प्राविधिक) लाई मात्र शैक्षिक योग्यताको मापदण्ड राखिदा विभेद् सिर्जना भएको भन्दै सो व्यवस्था खारेज गर्नुपर्नेमा समेत जोड दिएको छ । 

सम्मेलनमा अध्यक्ष केदारप्रसाद देवकोटाले प्रदेश र स्थानीय तहमा सरकारी सेवाबाट समायोजन भएका कर्मचारीलाई संघीय निजामती सेवामा संघीय निजामती कर्मचारी सरह बढुवा र वृत्ति विकासका अवसर प्रदान गरिनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्