
काठमाडौं– प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले देशभरका कूल ५६० छात्रछात्रालाई निःशुल्क अध्ययनको अवसर दिने भएको छ ।
त्यसका लागि परिषद्ले प्रवेश परीक्षा भर्नेबारेको सूचना निकालेको छ ।
परिषद्ले निकालेको सूचनाअनुसार देशभरका विपन्न, दलित र मुस्लिम समुदायका २८० विद्यार्थीलाई प्राविधिक एसएलसी तथा अरु २८० जनालाई डिप्लोमा–प्रमाणपत्र तहको अध्ययनका लागि विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम सञ्चालनकाअनुसार आवेदन माग गरिएको हो ।
इच्छुक चाहने विद्यार्थीले आइतबारदेखि पुस ३० गतेभित्र फारम भर्नुपर्नेछ भने प्रवेश परीक्षाा माघ १२ गते सञ्चालन हुनेछ ।
थप जानकारी तलको सूचनामा हेर्नुहोस्
