०७ असार २०८३, आइतबार

कर्मचारी समायोजन अध्यादेशबारे गुनासै गुनासो

कर्मचारी समायोजन अध्यादेशबारे गुनासै गुनासो

बुटबल– स्थानीय तहमा कार्यरत कर्मचारीले कर्मचारी समायोजन अध्यादेश २०७५ समयसापेक्ष नभएको आरोप लगाएका छन् । 

स्थानीय तहमा कार्यरत कर्मचारीले आज  पत्रकार सम्मेलन गरी स्थानीय सेवामा समायोजन हुने सबै कर्मचारीलाई समान व्यवहार गर्न साविक स्थानीय निकायका कर्मचारीको समकक्षता निर्धारण हुनुपर्ने बताएका छन् । 
उनीहरुले ग्रेड, तह र स्तरवृद्धिसहित विभिन्न माग राख्दै सोमबार स्थानीय तहमा कामकाज ठप्प गरी धर्ना बस्नेलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । 

“सरुवा व्यवस्थापन गर्न कठिनाइ देखिएको र कर्मचारी समायोजन अध्यादेशले हामीलाई विभेद गरेको छ,” बुटवल उपमहानगरपालिकामा कार्यरत सितुप्रसाद श्रेष्ठले भने । 
 

कमेन्ट गर्नुहोस्