०५ साउन २०८३, मंगलबार

सन् २०२० मा हुने महिला विश्वकप क्रिकेटको छनोट फागुनमा

सन् २०२० मा हुने महिला विश्वकप क्रिकेटको छनोट फागुनमा

काठमाडौँ–सन् २०२० मा आयोजना हुने आइसिसी महिला विश्वकप क्रिकेटका लागि एशिया छनोट आगामी फागुनमा हुने भएको छ । 

थाइल्याण्डमा आयोजना हुने उक्त छनोट खेल आगामी फागुन ६ देखि १५ गतेसम्म हुनेछ । 
छनोट प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङले प्रतिष्पर्धा गर्नेछन् । 

राउण्ड रोबिनको आधारमा हुने सो छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट र आइसिसी महिला विश्वकप २०२० मा स्थान बनाउने छन् । छनोटको खेल तालिका भने सार्वजनिक भएको छैन । 


 

salt training

कमेन्ट गर्नुहोस्