२२ जेठ २०८३, शुक्रबार

विमानस्थलबाट चरेशसहित समातिए विदेशी नागरिक

विमानस्थलबाट चरेशसहित समातिए विदेशी नागरिक
फाइल तस्बिर

काठमाडौँ– नेपाल प्रहरीले तीन किलो चरेशसहित आज एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । 

त्रिभुवन विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरी टोलीले चरेशसहित ६१ वर्षीय क्यानेडियन नागरिक टेनिडेनिस लेगलाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक पूजा सिंहका अनुसार हाते झोलामा राखेर चरेश लैजाँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्