२२ जेठ २०८३, शुक्रबार

युद्धविराम भएकै बेला भिडन्त, २९ को ज्यान गयो

पुस १, २०७५
युद्धविराम भएकै बेला भिडन्त, २९ को ज्यान गयो

दुबइ–विद्रोहीहरुको नियन्त्रणमा रहेको यमनको होडेइडा सहरमा हवाइ आक्रमणसँगै स्थलगत भिडन्त भएको छ । 

संयुक्त राष्ट्रसंघको पहलमा भएको युद्धविरामको उल्लङ्घन गर्दै भिडन्त भएको सरकार पक्षीय श्रोत र स्थानीयबासिन्दाले आइतबार बताएका छन् । 

शनिबार राति भएको भिडन्तमा परी कम्तीमा २९ लडाकुको मृत्यु भएको छ । मृत्यु भएका मध्ये २२ जना हुथी विद्रोही रहेको जनाइएको छ । अल डुरायहिमी जिल्लामा भएको भिडन्तका क्रममा सात जना विद्रोहीलाई नियन्त्रणमा लिएको पनि सरकार पक्षीय श्रोतले जनाएको छ । 

घटनास्थल होडेइडा देखि २० किलोमिटर टाढा पर्दछ । 
 

salt training

कमेन्ट गर्नुहोस्