
काठमाडौं– पदयात्रा र पर्वतारोहणमा जानेृ पर्यटकलाई लेक लाग्न सक्छ, उनीहरु बिरामी हुन सक्छन् वा दुर्घटनामा पर्न सक्छन् । तर पर्यटकलाई योजनाबद्धरुपमा औषधि खुवाएर बिरामी पारी उद्दारको नाममा पैसा असुल्ने गिरोह सक्रिय रहेको गुनासो बढेपछि पर्यटन मन्त्रालयले गठ जेठमा सत्यतथ्य विवरण पत्ता लगाई कारबाहीको सिफारिस गर्न समिति बनाएको थियो ।
सो समितिले उद्दारको नाममा अनेकन लुटको धन्दा टे«ेकिङ एजेन्सीबाट भएको प्रतिवेदन तयार गरेर बुझाएको आजको नयाँ पत्रिकाले छापेको छ ।