२२ जेठ २०८३, शुक्रबार

ट्रेकिङ एजेन्सीको गलत धन्दाले अन्तर्राष्ट्रिय मिडियामा देशको असीमित बदनाम

पुस २, २०७५
ट्रेकिङ एजेन्सीको गलत धन्दाले अन्तर्राष्ट्रिय मिडियामा देशको असीमित बदनाम

काठमाडौं– पदयात्रा र पर्वतारोहणमा जानेृ पर्यटकलाई लेक लाग्न सक्छ, उनीहरु बिरामी हुन सक्छन् वा दुर्घटनामा पर्न सक्छन्  ।

तर पर्यटकलाई योजनाबद्धरुपमा औषधि खुवाएर बिरामी पारी उद्दारको नाममा पैसा असुल्ने गिरोह सक्रिय रहेको गुनासो बढेपछि पर्यटन मन्त्रालयले गठ जेठमा सत्यतथ्य विवरण पत्ता लगाई कारबाहीको सिफारिस गर्न समिति बनाएको थियो । 

सो समितिले उद्दारको नाममा अनेकन लुटको धन्दा ट्रेकिङ  एजेन्सीबाट भएको प्रतिवेदन तयार गरेर बुझाएको आजको नयाँ पत्रिकाले छापेको छ । 

ट्रेकिङ एजेन्सीको लुटको धन्दाले अन्तर्राष्ट्रिय मिडियामा देशको बदनाम भएको भन्दै पत्रिका लेख्छ–
द न्यूयोर्क टाइम्सः सगरमाथा नजिकै पदयात्रीमाथि हेलिकप्टर बचाउका नाममा धोका’

ट्रिप एडभाइजरः हेलिकप्टर रेस्क्यूका नाममा हुने ठगीबाट सावधान रहनु्

एडभेन्चर स्पोर्टसः नेपालमा हुने नक्कली उद्दारविरुद्ध लडौं

डेलीमेलः हिमालय हेलिकप्टर रेस्क्यू घोटाला

एएफपीः बिमा दाबी गर्न नेपालमा अनावशयक उद्दार बढ्दो

सीएनएनः पर्यटकलाई हेलिकप्टर उद्दारको नाममा भएको लुटविरुद्ध नेपाल सरकारको कदम


 

salt training

कमेन्ट गर्नुहोस्