२२ जेठ २०८३, शुक्रबार

साउदी अरब किन चिढियो अमेरिकासँग ?

साउदी अरब किन चिढियो अमेरिकासँग ?

काठमाडौं — साउदी अरबले अमेरिकी सिनेटको प्रस्तावलाई निन्दा गरेको छ । पत्रकार जमाल खशाग्गीको हत्याका विषयमा युवराज मोहम्मद बिन सलमानलाई जिम्मेवार ठह–याउने गरी भएको मतदानमाथि साउदीले आपत्ति उठाएको हो । 

साउदी अरबको परराष्ट्र मन्त्रालयले एउटा बयान जारी गरेर सिनेटको मतदान साउदीको आन्तरिक मामिलामा हस्तक्षेपको कोशिश भएको र सिनेटको प्रस्ताव झूटो आरोपमा आधारित रहेको जनायो । 

अमेरिकी सिनेटले साउदी अरबको नेतृत्वमा यमनमा चलिरहेको युद्धमा अमेरिकाको सहायता अन्त्य गर्ने र पत्रकारको हत्याका लागि साउदी युवराज बिन सलमान जिम्मेवार रहेको पक्षमा मतदान गरेको थियो । 

यो मतदानलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका लागि ठूलो झड्का मानिएको छ किनकि उनी यी दुवै विषयमा विपक्षमा छन् । ट्रम्प प्रशासनले प्रस्तावको विरोध गरिरहेको छ । 

ट्रम्पले यस विषयमा भिटो गर्ने कुरा झिकेका थिए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्