
काठमाडौं - के.एल. दुगड ग्रुपअन्तर्गत युनाइटेड सिमेन्ट्स प्रालिले गण्डकी र धौलागिरीको विभिन्न स्थानमा राजमिस्त्री तथा ठेकेदारलाई समावेश गरि जानकारी मूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
गोरखा, डुम्रे, खैरेनीटार तथा दुलेगौंडा, पोखरा तथा लेखनाथ, र वाग्लुङ गरि विभिन्न स्थानमा सो कार्यक्रम गरिएको उद्योगका क्षेत्रीय बजार प्रतिनीधि हेमलाल श्रेष्ठले जानकारी दिए ।
राजमिस्त्री तथा ठेकेदारको निर्माण सम्बन्धि कुनै पनि कार्यमा निकै ठूलो भूमिका तथा जिम्मेवारी रहने कारणले गर्दा उनीहरुमा सिमेन्ट सम्बन्धि राम्रो ज्ञान हुनुपर्ने र भूकम्प प्रतिरोधात्मक निर्माण तथा रेट्रोफिटिङ सम्बन्धि जानकारी हुनुपर्ने अति आवश्यक रहेकाले यस्तो किसिमको जानकारी मूलक कार्यक्रम गरिएको श्रेष्ठले बताए ।
नेपाल गुणस्तर प्रमाण चिन्हले सु–सज्जित युनाइटेड सिमेन्ट, उच्च गुणस्तर र आफ्ना ग्राहकहरुप्रतिको सकारात्मक सोचका कारण छोटो समयमा गुणस्तरीय सिमेन्टको रुपमा चिनिन सफल भएको उनको भनाई थियो ।
युनाइटेड सिमेन्टले विगतमा पनि यस्तै किसिमका विभिन्न कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिइने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।