
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ ।
पार्टी कार्यलय धुम्बाराहीमा शुरु भएको बैठकमा स्थायी कमिटीका सदस्यहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीति प्रतिवेदन र वामदेव गौतलमे पेस गरेको फरकम मतमा आफ्नो धारणा राख्ने छन् ।
शनिवार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले र गौतमले फरक फरक प्रतिवेदन पेश गरेका थिए । दुई जनाले पेश गरेको प्रतिवेदन अध्ययनका लागि दुई दिन समय दिइएको थियो ।
अध्यक्षहरुले पेश गरेको प्रतिवेदनमा सरकारको प्रतिरक्षा र सरकारले अहिलेसम्म काम गर्न नसकन्नुको दोष अघिल्लो सरकारलाई लगाएको छ । यसका साथै पार्टी एकता पछिल्लो राजनीतिक अवस्था लगायका विषय लेखिएको छ ।
नेता गौतमले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीमा एक अध्यक्ष हुनुपर्ने, एक व्यक्ति एक पद, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको अधिकार कटौती लगायका विषयमा असन्तुष्टि पोखेका छन् ।
नेता गौतमले प्रतिवेदन पेश गरेसँगै नेकपामा यसले हलचल ल्याएको छ । केपी ओली निकट मानिने नेता गौतमले ओलीका अधिकार कटौती लगायतका विषय प्रस्तुत गरेपछि ओली पक्षले यसलाई षड्यन्त्रको रुपमा लिएको छ ।