०४ असार २०८३, बिहीबार

‘बुलबुल’को अनौठो टिजरमा स्वस्तिमा किन तनावमा ? [भिडियोसहित]

‘बुलबुल’को अनौठो टिजरमा स्वस्तिमा किन तनावमा ? [भिडियोसहित]

काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेको चलचित्र ‘बुलबुल’को टिजर सार्बजनिक गरिएको छ ।

निर्माण यूनिटले डेढ महिना अघि काठमाडौंको सुन्धारामा नायक/नायिकालाई नचाएर बेग्लै तरिकाले गीत सार्बजनिक गरेको थियो । हालै सार्बजनिक टिजर पनि आम चलचित्रको टिजरभन्दा फरक छ ।

चलचित्रको एक दृश्यजस्तो लाग्ने टिजरमा नायिका स्वस्तिमा आम टेम्पो चालकजस्तै देखिएकी छिन् । टिजरमा उनि ट्राफिक कारबाहीमा परेको संकेत देखाइएको छ । साथै नव–नायक मुकुन भुषाल पनि टिजरमा अटाएका छन् । 
आगामी फागुन ३ गते भ्यालेन्टाइनको अवसर पारेर प्रदर्शनमा आउने चलचित्रलाई विनोद पौडेलले निर्देशन गरेका हुन । चलचित्रलाई लिएर नायिका स्वस्तिमा पनि निकै उत्साहित देखिएकी छिन् । 

चलचित्रका निर्माता अविरल थापाले अब हरेक १० दिनको अन्तरालमा अन्य रोचक र अनौठा प्रचार सामग्रीहरु क्रमशः सार्वजनिक गर्दै जाने बताए । बुलबुलका कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने छायांकन सुसन प्रजापतिले गरेका छन् ।

चलचित्रमा स्वस्तिमा, मुकुनका साथमा बुद्धि तामाङ, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई आदीको अभिनय छ । चलचित्रको संगीत कोशिस क्षेत्री र उद्गम परियारले दिएका छन् भने स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्