२० असार २०८३, शनिबार

विराटनगरमा निर्माण भएको गुणस्तरहीन नाला भत्काए स्थानीयले

विराटनगरमा निर्माण भएको गुणस्तरहीन नाला भत्काए स्थानीयले

विराटनगर – विराटनगर महानगरपालिका–७ मा मापदण्ड विपरीत निर्माण गरिएको गुणस्तरहीन नाला स्थानीयले भत्काउन लगाएका छन् ।

विराटनगरको वडा नम्बर २ र ७ को सीमानामा पर्ने बिजुली अफिस जाने पूर्वपश्चिम सडकमा मापदण्ड विपरीत कम सिमेन्ट प्रयोग गरी बनाउन लागिएको नाला स्थानीयले भत्काउन लगाएका छन् ।

हाल नाला निर्माणको काम चलिरहेको ठाउँमा मापदण्ड विपरीत थोरै सिमेन्ट प्रयोग गरी नाला भासिन थालेपछि आफूहरूले भत्काउन लगाएको स्थानीय भरत ठाकुरले बताए ।  

स्थानीयको जानकारीपछि निर्माणस्थलमा आएका विराटनगर महानगरपालिकाका इन्जिनियर घनश्याम काफ्लेले निर्माण गरिएको नालाको २ लेयरमा समस्या देखिएकाले भत्काएर पुनः बनाउन लगाइएको जानकारी दिए । उनले मापदण्ड विपरीत हुने कामप्रति आफूहरू सजग रहेको समेत दाबी गरे ।  

विराटनगरमा जारी क्षेत्रीय शहरी विकास परियोजनाअन्तर्गत नाला निर्माण हुँदैछ । परियोजनाअन्र्तगत ७३ किलोमिटर सडक कालोपत्रे र ३० किलोमिटर नाला निर्माणको काम हुँदैछ । सन् २०१७ नोभेम्बरमा शुरू परियोजनाको काम २०१९ नोभेम्बरमा सकिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्