भक्तपुर २२ फागुन - आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भक्तपुरबाट एकलाख ६२ हजार ८८९ मतदाताले मतदान गर्न पाउने भएका छन् ।
भक्तपुर जिल्लामा ८३ हजार २६६ महिला र ७९ हजार ६२३ पुरुष गरी कुल एक लाख ६२ हजार ८८९ मतदाता पुगेको जानकारी दिँदै जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले मतदाताको अन्तिम नामावली निर्वाचन आयोगमा पठाएको बताउनुभयो ।
विसं २०७० पछि हालसम्म जिल्लामा कुल १३ हजार ३३१ जना मतदाता थप भएको जानकारी दिँदै उहाँले आयोगबाट आएको अन्तिम नामावलीमा समावेश भएका सबै मतदाताले मतदान गर्न पाउने बताउनुभयो ।
विसं २०७० को निर्वाचनमा ७५ हजार ९६८ महिला र ७३ हजार ५८३ पुरुष गरी कुल एक लाख ६२ हजार ८८९ मतदाता रहेका थिए ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले गाउँगाउँमा सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य र कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा भएको मतदाता सङ्कलन कार्यबाट यस वर्ष मतदाता थप भएको हो । रासस