०६ असार २०८३, शनिबार

आगलागीबाट लाखौँको क्षति

कात्तिक २०, २०७४
आगलागीबाट लाखौँको क्षति


इटहरी, २२ फागुन - इटहरी उपमहानगरपालिका–४ मा आज साँझ दुईवटा सिलिण्डर विष्फोट भई आगलागी हुँदा निरज पौडेलको घर र परालको माच नष्ट भएको छ ।

ग्यासको पाइप लाइनबाट आगोको लप्का निक्लेपछि सिलिण्डर विष्फोट भई आगो फैलिएको थियो । आगलागीबाट कम्तिमा रु १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट पौडेलको घरमा भएका खाद्यान्न, लत्ताकपडा, सुनचाँदीका गहना भाँडाकुँडा सबै जलेर नष्ट भएको बताइएको छ ।

इटहरी र इनरुवाबाट आएको वारुणयन्त्र, नेपाली सेना र जनपथ प्रहरी एवम् स्थानीयवासीको सक्रियतामा आगलागी नियन्त्रणमा लिइएको इप्रका इटहरीले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्