०९ साउन २०८३, शनिबार

प्रदीप र जसिताको ‘लभ स्टेशन’ चैतमा आउने

प्रदीप र जसिताको ‘लभ स्टेशन’ चैतमा आउने

काठमाडौं– प्रदीप खड्का र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ ।

चलचित्र चैतको १ गतेबाट प्रदर्शनमा आउने यसका निर्माता गोविन्द शाहीले जानकारी दिए । फागु पूर्णिमालाई लक्षित गर्दै चलचित्रको प्रदर्शन तय गरिएको उनले बताए । 

यसअघि सफल चलचित्र ʻलिलिबिलीʼमा प्रदीप र जसिताको जोडीलाई दर्शकले मन पराएका थिए । ʻलभ स्टेशनʼमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतको अभिनय छ । चलचित्रको निर्देशक उज्ज्वल घिमिरे हुन । चलचित्रभित्र ‘लभ स्टेशन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरे बताउँछन् । 

‘लभ स्टेशनʼलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । चलचित्रको दार्जिलिङ र कालिङपोङ, सिक्किम, फिक्कल लगायतका स्थानमा छायाँकन गरिएको छ ।

आलोक शुक्लाको छायाँकन रहेको चलचित्रमा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

salt training

कमेन्ट गर्नुहोस्