३१ जेठ २०८३, आइतबार

काठमाडौंबाट ७७ जना चोर पक्राउ

काठमाडौंबाट ७७ जना चोर पक्राउ

काठमाडौं–काठमाडौं प्रहरीले उपत्यकामा चोरी र लुटपाटमा संलग्न भएको आरोपमा ७७ जनालाई पक्राउ गरेको छ ।

महनगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकामा पछिल्लो १५ दिनभित्र चोरी र लुटपाटमा संलग्न रहेको आरोपमा ४ महिलासहित ७७ जनालाई पक्राउ गरेको हो ।

काठमाडौंका सार्वजनिक सवारी साधनमा लुटपाट गर्नेदेखि विभिन्न सार्वजनिक स्थल र घर तथा आवासीय क्षेत्रमा समेत उनीहरुको संलग्नता रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्