
काठमाडौं — अबको ११ दिनमा सन् २०१८ सकिँदैछ । यो वर्षमा यूट्युबमा अनेकौं भिडियोहरू सार्वजनिक भए र मानिसलाई मनोरञ्जन दिलाए ।
यहाँ हामी सन् २०१८ भरि सर्वाधिक हेरिएका पाँच भिडियोको चर्चा गर्दैछौं ।
१ डेस्पासितो
सन् २०१७ मा आएको स्पेनी भाषाको गीत डेस्पासितो यो वर्ष पनि शीर्ष स्थानमा रह्यो । प्वेर्तो रिको र ड्याडी यांकीले गाएको यो गीत यूट्युबकै इतिहासमा सर्वाधिक हेरिएको भिडियो हो । भिडियोमा ५.८ अर्ब भ्युज आइसकेको छ ।
२ शेप अफ यू
बेलायती गायक एड शीरनको गीत शेप अफ यू दोस्रो नम्बरमा छ । भिडियोले ३.९ अर्ब भ्युज पाइसकेको छ ।
३ सी यू अगेन
हलिउडको लोकप्रिय फिल्म सिरिज फास्ट एन्ड फ्युरियसको गीत सी यू अगेन तेस्रो स्थानमा रहेको छ । विज खलिफाले गाएको यो गीत अहिलेसम्म पनि मानिसले गुनगुनाइरहेका छन् । भिडियोलले ३.८ भ्युज पाइसकेको छ ।
४ अपटाउन फंक
यो गीत चार वर्षदेखि शीर्ष स्थानमा छ । मार्क रोनसनले गाएको गीत अत्यधिक मन पराइएको छ । गीतले ३.४ अर्ब भ्युज पाइसकेको छ ।
५ माशा एन्ड द बीयर
बालबालिकाबीच लोकप्रिय माशा एन्ड बीयर यूट्युबमा छाएको छ । यो भिडियोले ३.३ अर्ब भ्युज पाइसकेको छ ।
एजेन्सी