०४ असार २०८३, बिहीबार

मोनोरेल चलाउन दुई महानगरले देखाए तत्परता

पुस ५, २०७५
मोनोरेल चलाउन दुई महानगरले देखाए तत्परता

काठमाडौं–झन्डै दुई दशकपछि भएको स्थानीय तहको चुनावमा मुख्य शहरका प्रायःजसो स्थानीय तहमा चुनाव लड्नेले चुनावी घोषणापत्रमा मोनोरेल÷मेट्रो रेल संचालन गर्ने मुख्य एजेन्डा नै बनाएका थिए ।

तर जनप्रतिनिधि निर्वाचित भएपछि ललितपुर र काठमाडौं महानगरपालिकाले भने संयुक्त रुपमा मोनोरेल संचालन गर्न कम्मर कसेका छन् । 

जसअनुसार बुधबार मात्रै यी दुई महानगरपालिकाले २७ किलोमिटर लामो चक्रपथमा मोनोरेल संचालनका सम्भाव्यता देखिएपछि त्यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनी चाइना रेल वे २५ औँ व्यूरो ग्रुप कम्पनी लिमिटेडसँग बुधबार सम्झौता भएको छ । 
यी दुबै महानगरपालिकाले संयुक्त रुपमा उक्त कम्पनीसँग सम्झौता भएको हो । नेपाल समाचारपत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्