
काठमाडौं– प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा शूल्य सहनशीलताको नारा दोहार्याइरहेका छन् । तर, उनी नेृतत्वका २४ मध्ये २३ मन्त्री र राज्यमन्त्रीले इन्धनमा समेत भ्रष्टाचार गरिरहेका छन् ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ–मन्त्रिपरिषद्का सदस्यहरुको पारिश्रमिक सेवासुविधासम्बन्धी ऐनअनुसार इन्धन खर्च लिइरहेका उनीहरुले मन्त्रालय वा मातहतका कार्यालयबाट तेल हालिरहेका छन् ।
अधिकांश मन्त्रीले मन्त्रालयमा सचिवस्तरीय निर्णय गराएर एक सय ५० देखि तीन सय लिटरसम्म इन्धन लिने गरेको भेटिएको छ ।केहीले आवश्यकताअनुसार भन्दै इन्धन लिने गरेका छन् । मन्त्रीको स्वकीय सचिवले पनि गैरकानुनी रुपमा मन्त्रालयबाट गाडी, इन्धनलगायतका सुविधा र स्वकीय सचिवालयका अन्य सदस्यहरुले मोटरसाइकल र इन्धन लिने गरेका छन् । अर्थमन्त्री युवराज खतिवडा बाहेक अरु २३ मन्त्रीले दोहोरो सुविधा लिएका छन् ।