०७ असार २०८३, आइतबार

७०० पादरीहरूमाथि लाग्यो यौन शोषणको आरोप

७०० पादरीहरूमाथि लाग्यो यौन शोषणको आरोप

काठमाडौं — अमेरिकाको इलिनोई राज्यमा लगभग ७०० पादरीहरूमाथि यौन शोषणको आरोप लागेको छ । 

क्याथोलिक चर्चले बताएको संख्याभन्दा यो निकै बढी हो । चर्चले बालबालिकाको यौन शोषण गर्ने पादरीहरूको संख्या जम्मा १८५ भनेको थियो ।

अमेरिकाको मध्यपश्चिमी राज्यका प्रमुख अभियोजक लिसा म्याडिगनले यसको खुलासा गरेकी हुन् । 

अटोर्नी जनरलको कार्यालयले जारी गरेको बयानमा शोषणको आरोपमा छानबिन गर्न चर्चले देखाएको असमर्थताको आलोचना गरेको छ । कार्यालयका अनुसार, आरोपहरूको अनुसन्धान अधुरै राखियो र कतिपय मुद्दामा कानून पालन
गरिएन । अनि बाल कल्याण संस्थाहरूलाई सूचना पनि दिइएन । 

म्याडिगनले भनिन्, ‘यो अनुसन्धानको शुरूआती चरणबाटै प्रस्ट भएको छ, क्याथोलिक चर्च आफ्नो निगरानी गर्न सक्दैन ।’

यसै वर्षको अक्टोबर महिनामा पहिलोपटक यौन शोषणको विषयमा अनुसन्धान शुरू भएको थियो ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्