२४ जेठ २०८३, आइतबार

बोरा बोकेर अस्पताल पुगे बाराक ओबामा (भिडियो)

बोरा बोकेर अस्पताल पुगे बाराक ओबामा (भिडियो)

काठमाडौं — अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा साना बिरामीहरूका लागि बोरामा उपहार बोकेर वाशिङटन डीसीस्थित चिल्ड्रेन्स नेसनल मेडिकल सेन्टर पुगेका छन् । 

अस्पताल प्रवेश गर्दा ओबामालाई रकस्टारलाई जस्तो स्वागत गरिएको थियो । गीत गाइरहेका रोगीहरूको भीडनजिक पुग्दा उनी नाचेका थिए । 

ओबामाको अस्पताल गमनको भिडियो अस्पतालको ट्विटर अकाउन्टमा शेयर गरिएको थियो । 

सान्टाको रातो टोपी लगाएका ओबामाले अस्पतालको भ्रमण गरे अनि बिरामी र तिनका परिवारलाई भेटे । 

उनले एक ट्वीट लेखेर अस्पतालमा रहेका बालबालिका, तिनका परिवार र अस्पताल कर्मचारीलाई क्रिसमसको शुभकामना दिए । 

अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प अघिल्लो हप्ता अस्पताल पुगेकी थिइन् र भ्रमणका क्रममा एक क्रिसमस कथा पढेर सुनाएकी थिइन् । 

त्यसपछि उनले प्रत्येक बालबालिकालाई कथाको किताब दिएकी थिइन् ।



एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्