२२ असार २०८३, सोमबार

आमाको ममताका अगाडि झुक्यो ट्रम्प प्रशासन, अन्तिमपटक चुम्न दियो छोरालाई

आमाको ममताका अगाडि झुक्यो ट्रम्प प्रशासन, अन्तिमपटक चुम्न दियो छोरालाई

काठमाडौं — एउटी आमाको ममताका अगाडि अमेरिकाको ट्रम्प प्रशासन झुकेर आफ्नो छोरालाई अन्तिमपटक चुम्न दिएको छ । 

छोरालाई भेटेर चुम्ने आमाको जिद्दीका अगाडि झुकेर अमेरिकाले यमनी नागरिकमाथि लगाएको यात्रा प्रतिबन्धमा छुट दिएको हो । 

यमनी महिला अल शाइमा स्विलेह आफ्नो छोराको मृत्युअघि उसलाई अन्तिमपटक चुम्न चाहेकी थिइन् । 

उनको उक्त इच्छा पूरा भएको छ र उनी आफ्नो दुई वर्षीय छोरालाई भेट्न बुधवार राति अमेरिकाको सान फ्रान्सिस्को पुगिन् । उनको छोरालाई बे एरिया अस्पतालमा उपचार गराइएको छ । 

शाइमालाई शुभेच्छुक र प्रेसले सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दा उनी केही बोलिनन् । 

मिडियामा बढी नै कभरेज भएपछि अमेरिकाको स्टेट डिपार्टमेन्टले मंगलवार प्रवेशाज्ञा छुट दिएको छ । 

महिलाका छोरा अब्दुल्लाह हसनलाई मस्तिष्कसम्बन्धी वंशानुगत रोग लागेपछि अमेरिकामा उपचारका लागि ल्याइएको छ । स्विलेहका पति तथा बालकका पिता अली हसन अमेरिकी नागरिक हुन् र उनी क्यालिफोर्नियाको स्टकटनमा
बस्छन् ।

हसनले सहयोगका लागि संसारभरिका मानिसलाई धन्यवाद दिएका छन् । 

स्विलेह यमनी नागरिक हुन् र उनी देशमा चलेको गृहयुद्धबाट भागेर अहिले कायरोमा बस्छिन् ।

काउन्सिल अन अमेरिकन इस्लामिक रिलेसन्सको साक्रामेन्टो च्याप्टरका अधिकारीहरूले ट्रम्प प्रशासनविरुद्ध मुद्दा हालेर स्विलेहलाई प्रवेशाज्ञा दिलाउन बाटो बनाए । 

उनीहरूका अनुसार, यो सार्वजनिक लडाईं नगरेको भए स्विलेहले आफ्नो छोरोलाई भेट्नै पाउने थिइनन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्