
विराटनगर– शुक्रवारदेखि विराटनगरमा आयोजना हुन लागेको विराट ट्रेड एक्स्पोको सम्पुर्ण तयारी पूरा भएको छ । मोरङ व्यापार संघले शुक्रवारदेखि आयोजना गर्न लागेको विराट ट्रेड एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको मेला आयोजक समितिले बिहीवार विराटनगरमा पत्रकार सम्मेलनमा जनाएको छ । शुक्रवार ११ बजे एक्स्पोको एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम छ ।
एक्स्पोमा नेपालका घरेलु तथा साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त विदेशका व्यावसाय र पहाडी जिल्लाका खनिज जन्य कृषि उत्पदनहरु राखिने मेला आयोजक समितिका संयोजक अनुपम राठीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
क्स्पोमा २सय ५० वटा स्टलहरु रहेन जनाईएको छ । स्टलहरुमा अटो मोवाईल्स, आईटी, बैंक, निर्माण सामाग्री, कृषि तथा हस्तकला, तयारी पोशाक तथा जुत्ता चप्पल, स्वास्थ्य, पर्यटन, दैनिकी उपभोग्य वस्तुहरु प्रदर्शनीमा राखिने छ । साथै विभिन्न खालका डाईनोसर सहितको डाईनो वर्ड पनि निर्माण गरिएको छ ।
एक्स्पोमा प्रदेश नम्बर १ को पर्यटन प्रबद्धनकोलागि हेलिकप्टरबाट प्रदेशमा रहेका विश्व कै ५ वटा उच्च हिमशिखरहरु अवलोकन गराईने भएको छ । एक्स्पोमा २ लाख दर्शकले अवलोकन गर्ने मेला आयोजको दावी छ । एक्स्पोमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान लगायतका मुलुकको स्टल रहने छन् ।
१ करोड ७ लाखको लागतमा आयोजना हुने एक्स्पोमा ३० करोड बढीको कारोबार हुने जनाईएको छ । एक्स्पोमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले हरेक दिन सांस्कृतिक कार्यक्रम गर्नेछन् ।