२३ जेठ २०८३, शनिबार

आत्महत्याको क्रममा महिलाले जन्माइन् बच्चा

आत्महत्याको क्रममा महिलाले जन्माइन् बच्चा

काठमाडौं — भारतको मध्य प्रदेशमा रहेको कटनीमा आत्महत्या गरेकी एक महिलाको शव डोरीमा झुण्डिरहेको अनि उनको नवजात शिशु आफ्नो गर्भनालमा झुण्डिरहेको पाइएको छ । 

घटनास्थलमा पुगेकी सई कविता साहनीले शिशु जीवित अवस्थामा रहेको लागेपछि एक क्षण पनि खेर नफाली शिशुलाई सफा गरेर काखमा राखिन् । शिशुलाई स्वास्थ्य सेवा प्राप्त नहुन्जेल उनले अँगालोमा राखिरहिन् । 

चिकित्सकहरूका अनुसार, शिशुको बाँच्ने सम्भावना कायम छ । 

आत्महत्या गर्ने ३६ वर्षीया महिला लक्ष्मी ठाकुर नौ महिनाकी गर्भवती थिइन् । 

महिलाका पति सन्तोषले आफूहरूबीच कुनै विवाद नरहेको प्रहरीलाई बताए । उनका अनुसार, टीभी हेरेपछि राति ९ बजे उनी सुते । बिहान ६ बजे उठ्दा लक्ष्मी देखिइनन् । उनलाई खोज्न जाँदा उनको लाश गोठमा झुण्डिरहेको
अवस्थामा देखियो । 

प्रहरीले महिलाको सारीमा बच्चा अड्किएको देखेपछि स्वास्थ्यकर्मीलाई बोलाएर उनको गर्भनाल काटेर महिलाको शव निकालेर पोस्टमार्टम गर्न पठायो । 

नवजातलाई महिलाको गर्भनाल काटेर अलग्याइएको थियो । अहिले नवजातलाई सरकारी अस्पतालको एनआईसीयूमा भर्ना गरिएको छ । 

सई कविता भन्छिन्, ‘यो दुर्भाग्यपूर्ण घटना हो तर कम्तीमा हामीले बच्चालाई बचायौं । चिकित्सकहरूले अलिकति मात्र ढिलाइ भएको भए बच्चाको ज्यान खतरामा पर्न सक्ने बताएका थिए । आमाको मृत्युपछि बच्चा जीवित हुनु वास्तवमै चमत्कार हो ।’ 

मृत लक्ष्मी चार बालबालिकाकी आमा थिइन् । सबभन्दा ठूली छोरी १६ वर्षकी छिन् । 

लक्ष्मीले किन आत्महत्या गरेकी हुन् भनी प्रहरीले अनुसन्धान गरिरहेको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्