
काठमाडौं — अमेरिकाकी एक महिला विद्युतीय कारमा पेट्रोल हाल्न पम्प पुगेको भिडियो अहिले भाइरल भइरहेको छ ।
खुबै हसाउने भिडियोमा देखिन्छ : एक महिला विद्युतीय कार लिएर पेट्रोल पम्प पुग्छिन् । टेस्ला मोडलको विद्युतीय कारमा उनी पेट्रोल ट्यांक खोज्न थाल्छिन् । धेरै बेर खोज्दा पनि नोजल भेट्दिनन् ।
उनले गाडीको चार्जिङ पोइन्टमा पेट्रोल हाल्छिन् ।
धेरै बेरपछि एक व्यक्ति आउँछन् र यो त विद्युतीय कार हो र यसमा इन्धन हाल्न मिल्दैन भन्छन् । त्यसपछि महिला मज्जाले हाँस्छिन् ।
भिडियो अटो मिडियाले यूट्युबमा अप्लोड गरेको हो । यसलाई खुबै शेयर गरिएको छ र अनेकौं कमेन्ट आएका छन् ।
एजेन्सी