
काठमाडौं– एपीवान एचडीबाट प्रशारण हुँदै आएको चर्चित रियालिटी शो नेपाल आइडल सिजन –२ को ग्राण्ड फिनालेअहिले जारी छ । फिनाले ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा जारी रहेको हो ।
नेपाल आइडलमा फाइनलमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड पुगेका छन् । तीमध्येबाटै आज एक जना नेपाल आइडल हुनेछन् ।
‘नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् । दर्शकबाट सर्वाधिक भोट पाउने नै दोस्रो नेपाल आइडल बन्नेछ । पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा बनेका थिए ।