०५ असार २०८३, शुक्रबार

दाङ बस दुर्घटनाः प्रचण्डद्वारा दुःख व्यक्त

दाङ बस दुर्घटनाः प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ दाङमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । 

आज साँझ एक वक्तव्य जारी गर्दै उहाँले शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षकको मृत्यु भएको घटनाप्रति आफू र सिङ्गो पार्टी मर्माहत भएको जनाउनुभएको छ । 

अध्यक्ष दाहालले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले सवारी दुर्घटनाबाट भइरहेको जनधनका क्षति न्यूनीकरण गर्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्