०२ असार २०८३, मंगलबार

रवि ओड नेपाल आइडल बन्दा सुदूरपश्चिमबासीमा खुसियाली

रवि ओड नेपाल आइडल बन्दा सुदूरपश्चिमबासीमा खुसियाली

काठमाडौं–नेपाल आइडल सिजन २ को फिनालेबाट कञ्चनपुरका रवि ओड विजेता बनेपछि उनको गृहनगरसहित पूरै सुदूरपश्चिममा खुसियाली छाएको छ ।

 शुक्रबार राती अन्य ३ प्रतियोगीलाई पछि पार्दै उनी नेपाल आइडल घोषित भएका थिए । 

सोसँगै खुसियाली मनाउँदै घरबाहिर निस्किएका स्थानीयले कैलालीको धनगढीलगायतका जिल्लाहरुमा दीपावली नै गरेका छन् । 

उनीहरुले शनिबार विजयी र्याली नै निकाल्ने तयारी गरेको बताइएको छ । 

 नेपाल आइडल–२ को उपाधि जितेसँगै उनले रु २२ लाख, कार र गोल्डेन ट्रफी हात पारेका छन् । 

एक सामान्य परिवारमा जन्मिएका रवि नेपाल आइडलबाटै चर्चित बन्न सफल भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्